काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहकार्यमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोवाइल सेवा र ३८ प्रतिसत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुर्याउन दत्त चित्त भएर लाग्नु पर्ने बेला आएको बताए ।

५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहुँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहुँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृदि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृदिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिदै एकद्वार प्रणाली पूर्ण रुपमा लागु भइनसेकाले मन्त्रालयका महाशाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको