काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले  सुन बरामद प्रकरणमा ५ जनालाई पक्राउ गरेकाे छ। तर, उनीहरूकाे परिचय भने गाेप्य राखिएकाे छ ।

पक्राउ पर्नेमा ट्याक्सी चालक र भन्सार एजेन्टलगायत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाानाले बताए । उनीहरूसँगकाे बउानपछि सुन तस्करीमा संलग्नबारे केही खुुल्न सक्ने विभागले जनाएकाे छ ।

के हाे प्रकरण ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएकाे करिब एक क्विन्टल हाराहारीमा सुन बुधबार बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हाे । यसरी एकै पटक यती धेरै परिणाममा सुन बरामद गरिएकाे पहिलाे  पटक हाे ।

‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको विभागकाे अनुमान छ । सुन कसकाे हाे भन्नेबारेमा अनुसन्धान जारी छ ।

५ वर्षमा कहिले कती बरामद ?

प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार

आर्थिक वर्ष २०७४/७५ – २०० किलो सुन बरामद  आव २०७५/७६ – ५१,

आव २०७६/७७ – ३०,

आव २०७७/७८ – ३२,

आव २०७८/७९ मा २३

आव २०७९/८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको