सुजल थापा / काठमाडौं : नेपाली युवाहरु रोजगारीको सिलसिलामा विदेशिने क्रम बढिरहेका बेला काठमाडौंमा विमानस्थल कि उद्ययमस्थल ? विषयक कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा संस्था सञ्जाल आयोन र अन्तरास्ट्रिय श्रम संगठनको साउथ एसिया लिडरसिप इन अन्टरप्रेनरसिप ( सेल) परियोजनाको आयोजना र ब्रिटिस काउन्सिलको सहकार्यमा युवा उद्यमशिलता प्रवर्द्धन केन्द्रीत कार्यक्रम ( यूथ पोलिसि कन्क्लेभ) सम्पन्न भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, ललितपुर महानगरपालिकाको उपमेयर मञ्जिला शाक्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारी, उद्यमी प्रकृति मैनालीले प्यानल डिस्कसनमा सहभागी थिए । सो क्रममा सहभागि युवाहरुले नेपालमा रोजगारीको अवसरनरहेको, केही गर्छु भन्दा पनि प्रशासनिक झन्झट बेहोर्नुपरेको विषय उठाएका थिए ।

नेपाल सरकारका सचिव भण्डारीले युवा उद्यमशिलताका लागि कम्पनी दर्ताको झन्झट हटेकाले अब सहज हुने बताए । कम्पनी दर्ता सहज हुँदा यसअघि कतिपयले ठगि गरेको उदाहरण दिँदै भण्डारीले अहिले देखिएको उल्झन हटाउन काम भएको जानकारी दिए । उपमेयर शाक्यले स्थानीय तहले युवा उद्यमशिलता प्रवर्द्धनका लागि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रममा जोड दिएको जानकारी दिँदै युवाहरूले उद्यममा सफल हुन धैर्यता जरूरी रहेको बताए । उद्यम गर्न चाहने युवाहरूका लागि वातावरण निर्माणमा महानगरपालिका प्रतिवद्द रहेको उनको भनाई थियो ।

उद्यमी प्रकृति मैनालीले नेपालमा अवसर रहेकाले युवाहरूलाई त्यसका यसका लागि तयार रहन आग्रह गरिन् । श्रेष्ठ, भण्डारी र मैनालीले युवा उद्यमशिलता प्रवर्द्धनका लागि युवाहरूलाई उत्प्रेरित गरे । कार्यक्रममा सेल प्रोजेक्टका नेसनल प्रोजेक्ट कोअर्डिनेटर प्रकाश शर्माले अन्टरप्रेनरसिप कल्चरको विकास गर्न शैक्षिक संस्थासँग जोडिएर काम गरिरहेको बताए । अन्य देशहरूमा विद्यालय र क्याम्पस तहबाटै उद्यमी बन्छु भन्ने सोचको विकास हुने गरेको भन्दै नेपालमा पनि त्यस्तै वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा आयोनका अध्यक्ष विकल राईले प्यानलिस्ट गेस्टहरूलाई युवाको मुद्दा समेटिएको १४ बुँदे युवा माग पत्र बुझाएका थिए ।

नेपाल युवा संस्था सञ्जाल आयोन लामो समयदेखि युवाको क्षेत्रमा क्रियाशिल रहेको संस्था हो । आयोनले युवा अधिकार र युवा नीतिका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय आयोनले विभिन्न साझेदारहरूसँगको सहकार्यमा युवा उद्यमशिलता प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको