काठमाडौं : विगेन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतकाे उपस्थितिमा ८ओै वार्षिकोत्सब भव्य रूपमा मनाएकाे छ । काठमाडौंकाे प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयाेजना गरि संस्थाले वार्षिकोत्सब मनाएकाे हाे ।

आठौं वार्षिकोत्सवमा थर्मल थेरापीसँग सम्बन्धित विभिन्न व्यक्तिहरूलाई  सम्मानित पनि गरिएकाे छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विगेन नेपालको थर्मल थेरापी सेवालई अन्य शहरहरूमा विस्तार गरी सहयोग गर्ने युवाहरूलाई सम्मान गरिएको हो। विगेनले दैनिक हजाराैलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाे छ । देेेशका ७७ जिल्लामै सेवा विस्तार गर्ने तयारीमा विगेन नेपाल छ । हाल ५८ वटा थर्मल थेरापी सेन्टरबाट करिब साढे १२ हजारले दैनिक सेवा लिँदै आएकाे विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले संस्थाले स्वास्थ्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे प्रशंसा गरेका थिए । सन् १९९५ मा दक्षीण काेरियाबाट शुरू भएकाे याे उपचार विधि हाल १ सय भन्दा बढी देशमा पुगेकाे छ । नेपालमा यने उपचार पद्दती ०७२ सालबाट भित्राइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको