पाँच महिना पहिले मात्रै नागरिक उन्मुक्ति पार्टीमा जोडिएकी अभिनेत्री तथा मोडल एलिजा गौतमले सकृय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै एलिजाले समाजसेवा निरन्तर रहने भन्दै राजनीतिबाट भने विदा लिएको उद्घोष गरेकी हुन् ।
धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङसँग भैट गरेपछि उनले हर्कको कामबाट पर्भावित भएको भन्दै देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्क साम्पाङ प्रेरणाको स्रोत बन्ने बताएकी छिन् । हर्कको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गरेकोमा निकै खुशी भएको उल्लेख गरेकी एलिजाले सो अवसरमा आफुपनि वृक्षरोपणगरेको र आफ्नो तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जनाएकी छिन् । एलिजा चर्चित सञ्चारकर्मी ऋषी धमलाकी पत्नि हुन् ।
मन्त्री बन्ने सोखसहित नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी एलिजाले उक्त पार्टीका संस्थापक रेशम चौधरीलाई जेलबाट छुट्कारा नदिए देशमा आगो बाल्ने अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन् । रेशम जेलबाट रिहा हुँदा उनि स्वागतलाई समेत पुगेकी थिइन् ।