काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) काे विवादकाे विषय अदालत पुगेकाे छ । अध्यक्षका उम्मेदवार किरण मल्लले इप्पान कार्यसमितिलाई विपक्षी बनाउँदै दायर गरेकाे रिटमा अदालतले विपक्षीसँग जवाफ मागेकाे छ ।
न्यायाधिश अमृतबहादुर बस्नेतकाे एकल इजलाशले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेकाे हाे । इप्पानमा अध्यक्षमा मल्लकाे उम्मेदवारी परेकाेमा अदालतकाे समय ( ५ बजेसम्म) सकिएपछि मल्लकाे उम्मेदवारी एकलाैटी रूपमा खारेज गरेकाे थियाे । तर,अदालतलाई भने मल्लकाे उम्मेदवारी दर्ता रहेकाे जानकारी दिइएकाे थियाे ।
मल्ललाई अध्यक्षबाट राेक्न वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था ल्याइएकाे थियाे । विधान विपरीत त्यस्ताे व्यवस्था गरिएकाे भन्दै इप्पानकाे महासचिवसहित कार्यसमितिकै सदस्यहरूले असहमति राखिरहेका छन् । तर, एकलाैटी रूपमा दर्ता उम्मेदवारी खारेज गरेर गणेश कार्कीलाई अध्यक्ष घाेषणा गरेपछि विवाद चर्किएकाे छ । आज विहान ९ बजे प्रधानमन्त्रीले इप्पानकाे अधिवेशन उद्घाटन गर्ने तयारी छ । अदालतकाे याे आदेशसँगै इप्पानमा विधान विपरित गरिएकाे काममा संवैधानिक प्रश्न उठेकाे छ । अब इप्पानभित्रकाे विवादकाे किनारा अदालतबाटै हुनेछ ।
उच्चकाे आदेश –