सुमन वर्षा ।

सकिन लेख्न मैले पृथ्वीका कुरा
प्रकृतिका कुरा
निलो आकाश,सङ्ग्लो पानीको कुरा
फूलका, हिमालका कुरा
रूख बिरूवा हाँगा जराका कुरा
पातहरूले सुसाउने हावाका कुरा
डाली डाली नाच्दै उड्ने चराका कुरा
वन जंगलका शोभाहरू किरा फट्याङ्ग्रा
जीव जन्तुका कुरा
केही लेख्न सकिन
प्राकृतिक सुन्दर छटाका कुरा
मन्दिर घण्ट धुप दिप नैवेदका कुरा
प्रकृतिसँग संकृति सम्पदाका कुरा
प्रणय साटेको एक पोथ्रा
लालिगुराँसको कुरा
लुकामारी खेल्दा साउती मार्दै सुसाउने त्यो सल्ला घारीको कुरा
वरपिपलु छेउ सुस्ताउने
त्यो चौतारीको कुरा
छग्ङ छग्ङ गर्दै गंगा मिलनको गीत गाउने झरनाका कुरा
कलकल बग्ने नदिनाला र संभावनाका कुरा
इकोराइटिङ जागरणका र
पर्यावरण संरक्षणका कुरा

म त कथित आधुनिक मान्छे हूँ
म लेख्छु रोबोटका कुरा
क्लोनका, गगनचुम्बी भवनका कुरा
स्पेससिपका कुरा
कङ्क्रिटका बगैचा
स्मार्ट शहरमा बस्ने स्मार्ट मान्छे
र तिनले चलाउने स्मार्ट फोनका कुरा
मल्टिमिडियाका कुरा
गनका कुरा बमका कुरा
समय त्रासदीत मृत्युका कुरा
मल्टीप्लेक्सका कुरा
थ्रिडिका पराकम्पन परिदृश्यका कुरा
ईन्जीनले फलाक्ने कर्कस ध्वनीका कुरा
बियमडब्लुका कुरा
फाइभ जीक कुरा
एडभान्स टेक्नोलोजीका
भर्चुअल रियालिटीका कुरा
आर्टिफिसियल इन्टेलिजेन्सका कुरा
मार्स कोलोनाईजिङ कुरा
टेलिपोर्टेशनका कुरा
प्रोग्रामिङ्गका कुरा
प्रोनोग्राफीका कुरा

म बिकास प्रेमी हूँ म लेख्छु
ब्राजिलियन जंगल फाडेर रक्सी फ्याक्ट्री खोली बिकास गरेको कुरा
बागमतीमा ढल हालेर स्मार्ट शहर बनाउने कुरा
ओजोन ग्यासले निस्सासिएर स्कुल कलेज बन्द गर्नु परेको कुरा
क्लोरोफ्लोरो कार्वन कुन देशले बढी उत्पादन गर्छ भन्ने होडबाजीका कुरा
चुरे भावर मरभूमीमा परिणत गरि देशमा समृद्धि ल्याउने कुरा
साच्चै म कुरा गरिरहेकोछु
कृतिम प्रेम प्राकृतिक पारपाचुकेका कुरा
असंवेदनशील सन्तानका कारण बृदा आश्रम भरिएका कुरा
स्वार्थी छिमेकीका
मसिन जस्ता साथीका कुरा
खडेरीले डढेको संबेदनाहिन आत्माका कुरा
वातावरण बिनाश र
मृत्युका भयावह आकडाका कुरा

कसरी लेखौं म वृक्षारोपणका कुरा
पर्यावरण दिवस र वातावरण संरक्षणका कुरा
म त कथित आधुनिक मान्छे हूँ
संबेदनहिन आत्मा बोकेर हिडेको छु ।।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको