काठमाडौं : डेमोक्रेटिक लयर्स एसाेसियसन ( डिएलए) काे महाधिवेशन प्रतिनिधिकाे नामावली टुंगिएकाे छ । महाधिवेशन प्रतिनिधि नामावली संकलन तथा छानविन समितिले महाधिवेशन प्रतिनिधिकाे नाम निर्वाचन समितिलाई बुझाएकाे हाे ।

डिएलएकाे महाधिवेशनका लागि १ हजार ५सय ५० महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रदेश सभापतिकै संयाेजकत्वमा बनेकाे समितिले पठाएकाे नामावली संकलन गरि त्यसलाई समितिले अन्तिम रूप दिएकाे थियाे । प्रदेशबाट आएका नाममा प्रश्न उठेपछि त्यसमाथि पनि छानविन गर्न डिएलएका सचिव सुवास बुढाथोकीकाे नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएकाे थियाे । साे समितिले तयार गरेकाे नामावली केन्द्रीय समितिले अनुमाेदन गरेर निर्वाचन समितिलाई बुझाएकाे छ ।

`देशभरबाट आएका नामावली संकलन गरिएकाे हाे । विधानसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयनकाे कामले पूर्णता पाएकाे छ,´ महासचिव लक्ष्मि दाहाल रावलले भनिन्,` महाधिवेशन प्रतिनिधिमा कुनै गलत इन्टेन्सन राखिएकाे छैन । निष्पक्ष रूपमा नामावली टुंगोमा पुर्याइएकाे छ । ´ पटक पटक सर्दै आएकाे महाधिवेशन अब सुनिश्चित भएकाे भन्दै महासचिव दाहालले महाधिवेशन सफल बनाउन सबैलाई सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरिन् ।


अहिले प्रतिनिधिकाे विषयलाई लिएर भ्रामक प्रचार गरिएकाेमा भने डिएलए नेतृत्वले असन्तुष्टि जनाएकाे छ । ` महाधिवेशन प्रतिनिधि निष्पक्ष रूपमा टुंगिएपनि अहिले अनर्गल हल्लाहरू शुरू भएकाे छ । महाधिवेशन नहाेस् भनेर चाहनेहरूले भाेलि उमेदवार बन्न सक्ने देखेपछि चरित्र हत्या गर्ने कुत्सित मनसाय राखेर यस्ताे काम गरिरहेका छन्,´ डिएलएका एक पदाधिकारीले भने,` महाधिवेशन अब सुनिश्चित भएकाे छ । यस्ता अनर्गल प्रचारबाट भ्रमित नहुन सबैसँग अपिल गर्न चाहन्छु ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको