
काठमाडौं :बाग्मति प्रदेशकाे स्वास्थ्य मन्त्रीमा उत्तम जाेशी नियुक्त भएका छन् । चितवनबाट निर्वाचित प्रदेश सांसद जाेशी आइतबार मन्त्री नियुक्त भएका हुन् ।
चितवन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै निर्वाचित भएका थिए । जाेशीले बागमति प्रदेशकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मन्त्रालय कुनै कसर बाँकी नराख्ने बताएका छन् ।