काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेकाे प्रकरणमा आफू संलग्न नभएकाे बताएका छन् । आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् खतिवडाले केही सञ्चार माध्यमले यस प्रकरणमा आफ्नाे पनि नाम जाेडेकाे भन्दै असन्तुष्टि जनाए।
कहिँकतै आफ्नाे संलग्नता भएकाे पुष्टि भए राजनीति छाेड्ने उनले घाेषणा समेत गरे । उनले भने,’मेरो नाम र पूर्व प्रधानमन्त्रीको नाम जाेडेर फलानाको पनि छानबिन हुनुपर्छ भनिएकाे समाचार देखेँ, यदि कहीँकतैबाट पुष्टि भएर, म संलग्न छु भने सजाय भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु ´