काठमाडौं : भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार दूतावासमा एक कार्यक्रमको आयोजना गरी ७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (ICCR/आइसीआरआर)को स्थापना दिवस मनाएको छ । आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने हेतुले आयोजित सो कार्यक्रम भारतको जारी ‘आजादीका अमृत महोत्सव’ को एक हिस्साको रुपमा लिइएको छ ।
दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र प्रमुख डा. आशा वरी वापट, सांस्कृतिक संस्थान प्रमुख अशोकप्यासी राई, नेपाली अभिनेतात्रय पुष्प खड्का, नरेन खड्का, प्रकाश शाह लगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोशिपमार्फत आइसिसिआरले भारत र नेपालका जनताबीच मित्रभावको निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरुले विभिन्न शास्त्रीय राग झल्किने सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथमा चर्चित संगीतकर्मी एवम आइसीआरआर एलम्नाइद्वय डा. हरी प्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन) ले जुगलबन्दी प्रस्तुत गरे ।
भारत र नेपालबीच सदियौंदेखि रही आएको सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउनेतर्फ स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौं प्रयासरत रहेको केन्द्रका निर्देशक डा .वापटले बताइन् ।
ताजा खबर
यो साता धेरै पढिएको
© 2024 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech