काठमाडौं : नेपाली कांग्रेसका नेता उदय शम्शेर जवराले काठमाडौं उपत्यकामा पछिल्ला दिनमा बढेको उच्च वायू प्रदुषणले श्वास फेर्नै गाह्रो भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वायू प्रदुषण नियन्त्रणका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे । ‘काठमाडौं उपत्यकामा वायू प्रदुषण उच्च हुँदा श्वास फेर्न नै गाह्रो भइरहेको छ । प्रत्येक वर्ष यो मौसममा वायू प्रदुषण हुने गरेको छ,’ उनले भने, ‘एउटा त जंगलमा हुने डढेलोका कारण वायू प्रदुषण हुने गरेको छ भने अर्काे कुरा, काठमाडौंका सडक विस्तारका कामहरु सुस्त गतिमा हुँदा पनि धुलो उड्ने र त्यसले वायू प्रदुषण हुन्छ साथै पुराना सवारी साधन पनि अर्काे कारण हो । म सरकारलाई वायू प्रदुषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु के छन्, सदनलाई जानकारी गराउन माग गर्दछु ।’
वायू प्रदुषणका कारण मानवस्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुको भनाई छ । केहि दिनअघि काठमाडौं वायू प्रदुषण हुने शहरमध्ये विश्वकै पहिलो नम्बरमा थियो ।
ताजा खबर
यो साता धेरै पढिएको
© 2024 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech