तनहुँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका साझा उम्मेदवार गाेविन्द भट्टराईलाई अत्याधिक मतका साथ जिताउन आग्रह गर्नुभएकाे छ । आज तनहुँमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै नेता सिंहले भट्टराई निष्ठावान र इमान्दार नेता भएकाले तनहुँले भट्टराईलाई न्याय गर्नुपर्न बताए ।
त्यस्तै उनले कांग्रेसले तनहुँलाई सरकार बनाउँदा हाेस् वा राज्यकाे प्रमुख तहमा स्थान दिएकाे स्मरण गराउँदै भने, ` उहाँलाई अत्याधिक मतले विजयी गराउनुस् । मन्त्रीपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहाेला भन्ने के छ र ? ´ कांग्रेस पूर्वमहामन्त्री सिंहले अहिले मैदानमा रहेका उमेदवारमध्ये भट्टराई उत्कृष्ट रहेकाले भ्रममा नपर्न पनि आग्रह गरे । उनले राजनीति स्वच्छ हुनुपर्छ भनेर आएका दल केही महिनामै विभिन्न विवादमा परेकाे भन्दै राजनीतिमा नारा दिन सजिलाे भएपनि व्यवहारमा कार्यान्वयन गर्न सजिलाे नभएकाे बताए । भट्टराई नेविसंघकाे अध्यक्ष हुँदै लाेकतन्त्रकाे सदृढिकरणका लागि लागेकाे नेता भएकाले तनहुँवासीले रूखमा मत दिएर उहाँलाई प्राेत्साहित गर्ने विश्वास पनि व्यक्त गरे ।
तनहुँ १ का उमेदवार भट्टराईले क्षेत्रकाे विकासका लागि रूख चिन्हमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रमलगत्तै नेता सिंह उमेदार भट्टराईसँगै बन्दीपुर क्षेत्रमा घरदैलाेमा पुग्दै भट्टराईकाे पक्षमा मत मागे ।