काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले कार्यकारिणी समिति सदस्यको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सबाट एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित कार्यकारिणि समिति सदस्यको घोषणा गरेका हुन् । चैत २९ गते निर्वाचन हुँदैछ ।

उनले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने उनले बताए । सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने उनी बताउँछन् ।

पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह-संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह-संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेका छन् ।

उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको