काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघकाे असन्तुष्ट पक्षकाे अनसन दाेेस्राे दिन पनि जारी छ।रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत रिले अनसन बसेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद सकिएकोले खारेज गर्नुपर्ने, नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ।

साथै उनीहरूले १२ औं महाधिवेशन गर्न माग गरेका छन्। नेविसंघ बृहत संघर्ष समितिबाट उनीहरू रिले अनसन थालेका हुन् । सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको