काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा पठाउने मन्त्रीकाे नाम टुंगाे लागिनसकेकाे बताएका छन् । कांग्रेसबाट पठाउने ८ मन्त्रीकाे नाम टुंगिएको भन्दै समाचार आइरहेका छन् भने त्यसैलाई आधार मान्दै सामाजिक सञ्जालमा बधाई दिन शुरू भइसकेकाे छ । तर, खड्काले भने नाम अन्तिम टुंगाे लागिनसकेकाे प्रष्ट पारेका छन् ।
`सामाजिक संजालमा देखिय पछि प्रस्ट पार्नु राम्राे हाेला भन्ने लागेर ? अहिले सम्म पार्टीका तर्फबाट मन्त्रीहरुकाे फाईनल नाम टुङ्गाे लागि सकेकाे छैन।जब सम्म ओैपचारिक निर्णय भएर सभापतिज्युकाे हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्युकाेमा पुग्दैन ,तब सम्म निर्णय परिबर्तन हुन सक्छ ?´, खड्काले ट्विट गर्दै भनेका छन् । खड्काकै नेतृत्वमा कांग्रेस सरकारमा जाने खबर आइरहेका बेला उनले यस्ताे लेेखेका हुुन् ।
यी नाम छन् चर्चामा-
खड्का- उपप्रधानसहित रक्षा
धनराज गुरुङ्- सामान्य प्रशासन
प्रकाशशरण महत -अर्थ
मोहन बहादुर बस्नेत – स्वास्थ्य
रमेश रिजाल -परराष्ट्र
एनपी साउँद- शहरी विकास
सिता गुरुङ् -भूमि ब्यवस्था
डिग बहादुर लिम्बू- कानुन मन्त्रालय