फिल्म ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो ।कात्तिक ४ गते ९फूलपाती०बाट दशैं विदा सुरु हुने भएकाले ‘परदेशी २’को प्रदर्शन मिति कात्तिक ३ गतेलाई घोषणा गरिएको हो ।
नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाशका साथै नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ । गायक सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बि।बि। अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामाबाहिर एफडी कम्पनीले गर्नेछ ।