काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ।गए राति पनि हल्का वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ।देशभर सामान्यदेखि पूर्ण बदली रहेको र आज बिहान काठमाडौं उपत्यकासहित केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि भएको थियो ।

मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

साथै केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको