काठमाडौं : नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनलक्षित घाेषणापत्र आज सार्वजनिक गर्ने भएकाे छ । रिपाेर्टस क्लवमा दिउँसाे १२ बजे पत्रकार सम्मेलन गर्दै घाेषणापत्र सार्वजनिक गर्न लागिएकाे घाेषणापत्र तयारी समिति सदस्य विकल राईले जानकारी दिए ।

नेविसंघले घाेषणापत्र बनाउनका लागि पूूूजन गन्धर्वका संयोजकत्वमा समिति बनाएकाे थियाे । साे समितिले घाेषणापत्र तयार गरेपछि अब क्याम्पस क्याम्पसमा आजैबाट घाेषणापत्र डिजिटल्ली पठाउन लागिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको