
ललितपुर: पुल्चाेक इञ्जिनियरिङ क्याम्पसमा युरिका वनकाे स्वतन्त्र उम्मेदवारी दर्ता भएकाे छ । वनले स्वतन्त्र रूपमा स्ववियु सभापतिमा उमेदवारी दर्ता गराएकी हुन् ।
सभापति वनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि अहिले पुल्चाेक क्याम्पसकाे स्ववियु निर्वाचन राेचक हुने ठानिएकाे छ । दल आवद्ध विद्यार्थी संघसंगठनसँग प्रतिस्पर्धामा उत्रेकी वनकाे पक्षमा विद्यार्थीहरूकाे उत्साहजनक समर्थन देखिएकाे छ ।
सामाजिक अभियन्ताका रूपमा समेत सक्रिय उनले यसअघि महिला हिँसाका घटनामा हाेस् वा किसानका समस्यामा आवाज बुलन्द गर्दै आएकी छन् ।
अहिले वनले क्याम्पस र सामाजिक सञ्जालमा पनि आफ्ना याेजनाहरूकाे राम्राे प्रचार गरिरहेकी छन् ।