काठमाडौं : काठमाडौ लगायत विभिन्न जिल्लामा नेविसंघका अध्यक्षले चिठि आतंक मच्चाएकाे भन्दै नेबिसंघ काठमाडौले सच्याउन आज पत्रकार समेलन गरेर एकहप्ते अल्टिमेटम दिएकाे छ । म्याद सकिएकाे अध्यक्षकाे समय थप्न नहुने भन्दै जिल्लाहरुमा बितरण गरिएकाे पत्र खारेज गर्नुपर्ने माघ पूरा नभए रिलेअनसन, आमरण अन्सन र आत्मदाह सम्मकाे कडा आन्दोलनका कार्यक्रम गर्ने नेताहरुले चेतावनी दिएका छन् ।
उनीहरुले यसअघिनै नेबिसंघ केन्द्रीय कार्यलय र काठमाडौ कांग्रेस कार्यलयमा तालाबन्दी गरिसकेका छन् । आफ्नो माग प्रति गम्भीर बन्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै यसबाट निस्के काे जुनसुकै परिणामकाे जिम्मेवार पार्टी नेतृत्व हुने उनीहरूकाे भनाई छ ।
विद्यार्थी नेताहरूले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप समेत लगाएका छन् । आज रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको बताए ।
कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्जवल बज्रचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा र जिल्लाकाे पत्र आतंकका बिरुद्ध देशभर विरोध गर्ने चेतावनी दिए । ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी पत्र वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गछौं,’ उनले भने ।
नेविसंघका नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको बताए । नेविसंघको व्यकग्राउन्डनै थाहा नभएकालाई स्ववियु र जिल्ला मा निर्वाचनमा टिकट पत्र वितरण भइरहेको उनको आरोप छ । शेर्पाको यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्ष अमन भुसाल, लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए । उनीहरुले केन्द्रबाट नेविसंघको व्याकग्राउन्डनै थाहा नभएकालाई पत्र वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।