काठमाडौं :  भारतबाट १२ जना बालककाे उद्दार गरि नेपाल ल्याइएकाे छ । शक्ति समुह, आफन्त इन्डीयाको पहलमा र राष्ट्रिय बाल अधिकार परिषद् र भारतिय सरकारी निकाय साथै भारतस्थित नेपाली दुताबासको समन्वय तथा सहकार्यमा आज १२ जना बालक स्वदेश फिर्ती हुन सफल भएका हुन्।

शक्ति समुहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीका अनुसार ति बालकहरु ६ वर्ष देखि १६ वर्ष सम्म रहेका छन् ।   ति बालकहरुलाई बाल श्रमिकको रुपमा भारतका विभिन्न स्थानमा काममा लगाइएकाे थियाे ।  त्यस मध्ये एक जना बालक आज ८ वर्ष पश्चात आफ्ना परिवारजनहरुसँग भेट्न सफल भएका थिए। बालकहरुलाई बालअधिकार परिषद्को कार्यलयबाट, परिषद्का प्रतिनिधिहरुको उपस्थितिमा पारिवारिक पून मिलन गरियो। आज बालअधिकार परिषद्मा केहि समय पारिवारिक मिलन हुँदा रुवाबासी नै चल्यो।

उनीहरुको आफ्ना प्रियजनहरुसँग ८, ९ वर्ष पश्चात भेटघाट भएको थियो। १२ जना मध्ये एक जना बालक जो जम्मा १२ वर्षका छन् । आँखा भरी आशु राख्दै आफ्ना उनले भारतमा पाएकाे दुख सुनाए ।

`विहान ७ वजेबाट रातिको २ बजे सम्म चुरा बनाउने कार्य गर्नु पर्थो। हरेक दिनको सुरुवात साहुको लातबाट हुन्थो । विहान उठ्न सकिदैन थियो, त्यसैले साहुले लात्तिले उठाउँथे ।  यदि निन्द्राको कारण काम गर्दा गर्दै आँखा लाग्यो भने फलामको रडबाट कुटाई हुन्थो, पिटाइता कति खाइयो गिन्ती पनि छैन । त्यसैले उसले गरेको ति तुच्छ गालिको त के हिसाब राख्नु। एक मात्र चुरा बिग्रीयो भने साहुले साह्रै कुट्थे। आमा बाबाको यादले सँधै असाध्यौ सताउँथ्यो तर के गर्नु भाग्यो भने मर्ने गरेर पिट्थ्याे । असह्य भएको बेला अरु पिटाई खाने हिक्मत नभएर त्या बाट भाग्ने  कहिल्यै कोसिस गरिि ।न

यो त एक प्रतिनिधि पात्र हुन। १२ जना बालकहरु मध्ये अन्य धेरैका कथा व्यथाहरु केही यस्तै छन भने केहि अझै दर्दनाक। नेपालको कानुनले बालबालिकालाई कुनै पनि जोखिमयूक्त काममा लागउँन पाइदैन भनेको अवस्थामा अहिले पनि नेपालका कयौ बालबालिकाहरु भारतका विभिन्न सहरहरुमा बालश्रमिकको रुपमा प्रयोग भएको देखिन्छ। भारतमा मात्र होइन नेपाल भित्र पनि विभिन्न प्रकारका स्थानहरुमा बालबालिकाको प्रयोग भएको देखिन्छ ।

शक्ति समुह विगत दुई दशक भन्दा लामो समय देखि मानव वेचविखन विरुद्धको सवालमा कार्य गर्दै आइरहेको एक गैह्र सरकारी संस्था हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको