पोखरा : नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसभित्रको विवाद चुलिँदै गएको छ । मनोनयन दर्ताको दिन क्याम्पसको आधिकारिक इकाइ भन्दा बाहिरि व्यक्तिहरु हस्तक्षेपकारी शैलीमा क्याम्पस प्रवेश गरि उम्मेदवारीको फाइल र समानुपातिकतर्फको बन्द सुची निर्वाचन अधिकृतलाई बुझाएको थाहा पाएपछि समानुपातिकतर्फका उम्मेदवारहरुले नै राजीनामा दिएका हुन् ।
यसअघि इकाईका उपसभापति, सचीव, कोषाध्यक्षसहित इकाइ सदस्यहरुले सामुहिक राजीनामा घोषणा गरेका थिए। पछि उम्मेद्वारहरुको नामावलीको सुची निर्वाचन समितिले प्रकाशित गर्दा बन्दसुचीमा समावेश भएका नामहरु सम्बन्धित व्यक्तिलाई थाहा नदिइकन राखिएपछि समानुपातिकतर्फका उम्मेद्वारहरुले फिर्ता लिएका छन्। प्रत्यक्षतर्फका समेत केही उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् ।क्याम्पसभित्रका विद्यार्थीहरुको मनोभावना विपरीत हुने यस्ता हर्कतहरु कुनै हालतमा स्वीकार्य नहुने क्याम्पसभित्र अध्ययनतरत विद्यार्थीहरुले बताएका छन् । असन्तुष्ट विद्यार्थीहरुले स्ववियू निर्वाचन कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।