काठमाडौं :पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघ नेतृ ज्याेती पनेरूकाे उम्मेदवारी दर्ता भएकाे छ । लामाे समयदेखि पद्मकन्या क्याम्पसमा सक्रिय पनेरू स्नातकाेत्तरकी विद्यार्थी हुन् ।

पनेरूलाई अनेरास्ववियु क्रान्तिकारी र एकिकृत समाजवादी निकट अनेरास्ववियुकाे समेत समर्थन रहेकाे छ । नेविसंघको गढ मानिने पद्मकन्या क्याम्पसमा इतिहास दाेहाेर्याउने तयारीमा छ ।

`पदमकन्या क्यामपस देशकाे हरेक राजनीति परिवर्तन र शैक्षिक मुद्दामा नेतृत्व गर्दै आएकाे क्याम्पस हाे । यसकाे गरिमा बढाउन स्ववियुमा नेविसंघको जित अनिवार्य छ,´ सभापतिमा उमेदवारी दर्तापछि पनेरूले भनिन् । उनले यसपटक पनि नेविसंघले पद्मकन्या क्याम्पसमा जित्ने विश्वास व्यक्त गर्दै नेविसंघ नेतृत्वकाे टिमलाई मतदान गर्न आग्रह गरेकी छन् । चैत ५ मा स्ववियु चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको