काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पाैडेललाई मत दिने भएकाे छ । राष्ट्रपतिका लागि आज विहान १० बजेेबाट मतदान हुँदैछ । रास्वपाकाे संसदीय दलकाे बैठकले पाैडेललाई मत दिने निर्णय गरेकाे बैठकमा सहभागी एक सांसदले बताए ।

रास्वपाले पाैडेललाई मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेकाे छ । रास्वपाकाे समर्थन पछि राष्ट्रपतिमा पाैडेल थप बलियाे देखिएका छन् । पाैडेेल र एमालेका सुवास नेम्वाङ राष्ट्रपतिकाे प्रतिस्पर्धामा छन् । यसअघि राष्ट्रपति पाैडेलसहित कांग्रेस नेता एवं सांसद दिपक खड्काले रास्वपा सभापति रवि लामिछानेलाई भेटेरै मत मागेका थिए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको