काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले नेविसंघका पूर्व काेषाध्यक्ष शिव रिमालकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ । आज उनकाे उपचार भइरहेकाे स्टार अस्पताल पुगेरै उनले रिमाललाई भेटेका हुुन् ।

नेता काेइरालाले पार्टीभित्र अराजकता स्विकार्य नहुने भन्दै रिमालमाथि आक्रमणकाे भत्सर्ना गरे ।

ने.वि.संघ नेता रिमाललाई भेट्न स्टार हस्पिटल पुगेका कांग्रेस नेता शेखर काेइरालाले प्रतिक्रिया दिदै भने, “आफ्नै संगठन भित्र मारपिट हुनु दुखद कुरा हाे । संगठनभित्र अराजकता बढ्यो। मारपिटमा दोषि जो भएपनि कारबाहीको दायरामा ल्याउनु पर्छ। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन। पार्टी मा रहेका जो कोहि पनि अनुशासनको दायरामा बस्नैपर्छ।´´
रिमाललाई भेट्न स्टार हस्पिटलमा पुगेका शेखर समुहका सयाै विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र स्ववियुकाे तयारिमा लाग्न उच्च मनाेवलका साथ लाग्न निर्दृशन दिए ।“ पार्टिमा सिरियस कुरा हुन्छ, अराजकता र एकलाैटि अवैधानिक तवरले संगठनलाई चलाउन दिइदैन´´, नेता काेइरालाले भने ।

नेता काेइरालासँगै रिमाललाई भेट्न नेविसंघका पूूर्ववअध्ययक्ष रञ्जित कर्ण पनि पुथेका थिए । उनले नेविसंघभित्र बढ्दाे अराजकतामा अब आफूहरू चुप नबस्ने भन्दै दाेषीमाथि कडा कारवहीकाे माग गरे ।

नेविसंघकाे संस्थापन समूहले रिमाल माथि आक्रमण गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको