काठमाडौं, १२ मंसिर। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार तथा उदयपुरका नेता शिवकुमार कटवाललाई पार्टीले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। कटवाललाई नेपाली कांग्रेसको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्रको अध्यक्षमा मनोनयन गरिएको हो।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत कटवाललाई औपचारिक जिम्मेवारी दिइएको छ।

नवनियुक्त अध्यक्ष कटवाललाई पार्टीका स्थापित मूल्य, मान्यता र संगठनात्मक उद्देश्यलाई आत्मसात् गर्दै छ महिनाभित्र केन्द्रको महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण दायित्व समेत सुम्पिएको छ।

उदयपुरको राजनीतिमा सक्रिय कटवाललाई पार्टीले दिएको यो जिम्मेवारीलाई संगठनात्मक सुदृढीकरण, प्रशासनिक व्यवस्थापन र संस्थागत विकासको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उनले प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै केन्द्रलाई थप व्यवस्थित, सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीको महत्वपूर्ण जिम्मेवारीसँगै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा रहेका कटवालको राजनीतिक सक्रियता र संगठनात्मक भूमिका थप चर्चामा आएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको