काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो । ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

यस्तै, उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता कांग्रेसको रहेको विज्ञप्तिमा उल्लेख छ । ‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, मंगलबारबाट सुरु भएको बैठकमा बुधबार ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कार्यवाहक मुख्यसचिव दुलालले जनाएका छन् । उनका अनुसार बैठक भोलि पनि जारी रहने छ ।

प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।
बैठकको निर्णय :
उखुको मूल्य तत्काल निर्धारण र वक्यौता अविलम्ब भुक्तानी गर्न गराउन ध्यानाकर्षण
उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनु पर्छ भन्ने पार्टीको मान्यता छ । यस सन्दर्भमा, उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ ।
कार्यसमितिको अर्को बैठक
हिजोदेखि जारी रहेको आजको बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु
भयो । धारणा राख्ने क्रम जारी रहेकोले कार्यसमितिको बैठक २०८३ मंसिर १० गते बिहीबार बिहान ११ः०० बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बैठकमा धारणा व्यक्त :
आजको बैठकमा केन्द्रीय सदस्यहरू- रामकृष्ण यादव, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, सिताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरूङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डे, कृष्णप्रसाद कोइराला, वुद्ध लामा, हिमालदत्त श्रेष्ठ, जितेन्द्रनारायण देव, धर्मेन्द्र पासवान, प्रा.डा. जगदीशचन्द्र पोखरेल, अनुराग खड्का, गीता गुरुङ, बालकृष्ण दाहाल, डा. अताबुल मन्सुरी, किरणकिशोर घिमिरे, डा. अञ्जनीकुमार झा, ई. लक्ष्मण के.सी., कमलकिशोर घिमिरे, कृष्ण रिजाल, वेदनारायण गच्छदार, उमेशचन्द्र यादव, ई. दिपकवावु कँडेल, डा. भोगेन्द्रप्रसाद चौधरी, बलदेव तिमल्सिना, दीपक सोनी, डा. मुकेशराज काफ्ले, सृजना अधिकारी, ई. अमृत ज्ञवाली, कर्मा छेरिङ्ग शेर्पा, अम्मरबहादुर बराईली, मन्जित ताम्राकार, देवकी गौतम, जमिला खातुन, मेघा शाही, प्रा.डा.सूर्यकान्त घिमिरे, डा. प्रदीप मिश्र, ई. अभिषेक आत्रेय, डा. आयुस बगाले, गौरव पाण्डे, अंशुल के.सी., ई. सुवास पौडेल र रिता शाहीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको