काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनीत गरेको छ ।
प्रधानलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित समूहका १५औँ महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् ।
प्रधानले यसअघि पार्टी निकट संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । उनी कांग्रेसका महासमिति सदस्यसमेत हुन् ।
प्रधान कराते तथा किक बक्सिङ खेलसँग आबद्ध छन् ।





