काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले भोटेकोशी बाढीपीडितलाई शीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न बैठकले समसामयिक राजनीति, संगठन विस्तार तथा विपद् व्यवस्थापनसम्बन्धी केही निर्णय गरेको छ ।

जसमा भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको तत्काल डीएनए परीक्षण गर्न तथा बेपत्ता भएकाहरूको हकमा परिवारको सहमतिमा छिटो कानुनी प्रक्रिया पु¥याई मृत्यु प्रमाणपत्र उपलब्ध गराएर पीडित परिवारलाई राहत तथा सुविधा दिन सरकारसँग माग गरिएको छ।

विपद्का कारण स्थगित गरिएका ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत सांगठनिक कार्यक्रमहरू अविलम्ब अघि बढाउने निर्णय गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र सार्वजनिक सेवा विभागमा समेत सदस्यहरू मनोनीत गरिएको छ ।

बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमण तथा आर्थिक कूटनीतिका विषयमा ब्रिफिङ गरेका थिए । साथै, संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन जाने प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई भोटेकोशी विपद्, बदलिँदो परिस्थिति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित हुन नीतिगत निर्देशनरसुझाव दिइएको छ ।

सह(महामन्त्री हरि ढकालले मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन बैठकमा पेस गरेका छन्, जसको विस्तृत प्रतिवेदनपछि थप रणनीति तय गरिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको