काठमाडाैं :  मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख १ हजार सहयोग गरेको छ। ‘क’ वर्गको निर्माण कम्पनी मोतिदानले महाविपत्तिमा परेका जनताको राहत तथा उद्दारका लागि उक्त रकम सहयोग गरेको हो।

कम्पनीका अध्यक्ष विकास गौतमले यस रकमबाट विपत्तिमा परेकाहरुको राहतका लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे। मोतिदानले निर्माण क्षेत्रमा काम गर्दै आएको छ।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको