काठमाडौँ। बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले राजधानीका विभिन्न स्थानबाट राहत सामग्री संकलन अभियान सुरु गरेको छ। अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमितिले तरुण नेता रमेश खड्कालाई संयोजकको जिम्मेवारी सुम्पिएको छ। रसुवाकाे भाेटेकाेशी बाढीका कारण रसुवा, नुवाकोटमा ठुलाे धनजनकाे क्षति भएकाे छ ।

बाढीपीडितका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामाग्रीको तीव्र अभाव भइरहेका बेला तरुण दलले सर्वसाधारण, समाजसेवी तथा दाताहरूलाई खुला सहयोगको अपिल गरेको हो। संयोजक खड्काका अनुसार प्राप्त सहयोगलाई प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रसम्म पुर्‍याइनेछ।

संकलन गरिने राहत सामग्रीहरू

खाद्यान्नस् चामल, दाल, नुन, तेल, चिउरा, र बिस्कुट

बसोबास तथा कपडास् कपडा बैंकमार्फत कपडा, त्रिपाल र अन्य आश्रय सामग्री

अन्यस् शुद्ध खानेपानी, सरसफाइ सामग्री तथा घरायसी अत्यावश्यक वस्तुहरू

सहयोगी मनहरूलाई सामग्री हस्तान्तरण गर्न सहज होस् भन्ने हेतुले काठमाडौँ उपत्यकाका पाँच प्रमुख व्यापारिक तथा सार्वजनिक केन्द्रहरूमा संकलन स्थल तोकिएको छ।

राहत सामग्री संकलन केन्द्रहरू
१। नेपाल तरुण दल केन्द्रीय सम्पर्क कार्यालय ९बत्तीसपुतली०

२। चाबहिल चोक

३। नयाँ बानेश्वर

४। कोटेश्वर चोक

५। ठमेल चोक

नागरिकको सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई ठूलो राहत र आशा प्रदान गर्ने भन्दै तरुण दलले यो मानवीय संकटको घडीमा सबै पक्षलाई हातेमालो गर्न सार्वजनिक आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको