राजन घिमिरे । राधिका दासीले कसको के बिगारिन् ? कि उनले कहिले अरूको नेगेटिब कुरा गर्दै कसैको बिरूद्द बिष बवन गरेकी छिन ? उनले गरेको भने ज्ञान बांडिन अनि सकारात्मक सन्देश समाजमा प्रबाह गरिन । के उनको यो नै दोष थियो त ? कि हरेक बर्ग , तह , तप्का र क्षेत्रकालाई हांस्न र बांच्न सिकाउंनु अनि मिठो बचन पस्कनु उनको गल्ती थियो ?
गल्ती होइन भने किन आज उनको पछाडि केबल सामाजिक सन्जालको भर र आडमा चिनिएका केहीले राधिकाको बदनाम गराउंने उनको खिल्ली उडाउंने वा राधिकाको सामाजिक प्रतिष्ठामा आँच पुर्याउंने काम गर्नुको पछाडि ठूलै खेल देखिन्छ । केबल सामाजिक सन्जालमा लाईक बढाउंने लोभ र मोहमा अरूको डाह अनि लोभ गर्नुको कुनै तुक नै छैन । जसले यस्तो काम गर्यो उहांलाई प्रश्न छ – तपाईले जस्को बदनाम गराउंदै गाली गर्नु भएको छ , तपाईको हैसियत चाहिं के हो ? राधिका दासीले धर्म र मिठो बचनको बिधामा जून सकारात्मक सन्देश बांड्नु भएको छ ? त्यसमा तपाईको टाउको किन दुखेको ? के उहांले कसैको घर बिगार्नु भयो ? कि कसैको उठिबास लगाउनु भयो ? उहांले गर्नु भएको कर्म माथि प्रश्न उठाउने तपाई को हो ? सबैको मूल्यांकन गरेर तथानाम बोल्ने ठेक्का तपाईलाई परेको हो ? तपाईको उमेर जति भयो त्यो भन्दा त तपाईले आरोप लगाएकाहरूले उहांहरूको बिधामा बिताउंनु भएको छ ।
यतिबेला जसले बिरोध गरेर सामाजिक सन्जालमा सस्तो लोकप्रियता कमाई रहेको छ ? तपाईको बिशेषता चाहि के हो ? तपाईको बिगत अनि दुनियांको बिरोध गर्दै यो यस्तो त्यो उस्तो भन्ने तपाईको आधिकारिता के हो ? कि तपाईलाई सरकारले नै यस्को जिम्मा दिएको छ हो..? तपाईलाई प्रश्न हो यो ।
मैले यो लेख लेख्दा तपाईको नाम पनि उच्चारण गरेको छैन । किनकी मिडिया वा सामाजिक सन्जालमा कसैको बारेमा लेख्दा र बोल्दा बिचार पुर्याएर बोल्नु पर्छ । यति कानुनी नियम र धरातल थाहा नहुने तपाईलाई राधिका दासी लगाएतले साईबरमा होइन अदालतमा सामाजिक प्रतिष्ठामा आँच पुर्याएको भन्दै मानहानीको मुद्दा हाल्न पनि सक्छन तर ,यतिसम्म गिरेर र मन सानो पारेर उहांहरूले केही गर्नु भएन । यो कुरालाई महान ठान्नु होला । समाजमा तपाई जस्तो जे पायो तै बोल्ने र तपाई बाहेक यहाँ सबै फटाहा भन्ने जून सोच र धारणा तपाईमा छ , त्यो फालि हाल्नुस । पछि तपाईको यही रिस , सोच र बिचार तपाईकै लागि घातक हुन सक्छन ।
जाबो दुई दिन सस्तो चर्चाका लागि दुनियाको खिल्ली उडाउंने अनि आफूलाई नै सबै कुराको टेण्डर परेको जस्तो गरेर तपाई जसरी कुर्लनु भएको छ । त्यो अबश्य पनि जायज छैन । मिडियामा आएर अरूको फोटो देखाउंदै अरू माथि लाल्छना र आरोप लगाउंने जस्ता लज्जास्पद कार्य बन्द गर्नु होला । यो समाजमा सबैको नाम , इज्जत र वजन छ । कसैले अरूको पेशा , धर्म र क्षेत्रमाथि गाली गलौज गर्दा पछि धेरै समस्यामा पर्न सकिन्छ । बेलौमा ध्यान दिनु होला है । फूलको आंखामा फूलै संसार ।
(nrn tv show/clapboard बाट)




