काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग काकीलाई पार्टी परित्याग गरेलगत्तै सत्तारुढ दल रास्वपाले भित्राएकाे छ । रास्वपाले कार्कीलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनीत गरेको छ । कार्कीलाई रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ ।
कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीमा हुँदा नेतृत्वको नजिक रहेर अवसर लिइरहने युवाका रुपमा परिचित थिए । राप्रपामा हुँदा उनले अन्तर्राष्ट्रिय रुपमा थप्रै अवसरहरु पाएका थिए । कार्कीले दल त्याग र दल परिवर्तन गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी सदस्य रहेको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल डेमोक्रेसी युनियनअन्तर्गतको इन्टरनेशनल योङ्ग डेमोक्र्याट युनियनमा प्रतिनिधित्व गरेका थिए । विश्वभरका मध्य दक्षिणपन्थी राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय संस्था आईडीयूमा नेपालबाट राप्रपा मात्र एकमात्र सदस्य रहेको दल हो।



