काठमाडौँ : जेन–जी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । यसै सन्दर्भमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन् ।

अध्यक्ष शेर्पाले पूर्वप्रधानमन्त्री ओलीको कार्यशैली र वर्तमान प्रधानमन्त्री शाहको उदयलाई जोड्दै देशलाई अब सपनाको भारी भन्दा इमानदार वास्तविकता चाहिएको उल्लेख गरेका छन् ।

ओलीको ‘सि जिङपिङ’ बन्ने सपनाले देश आक्रान्त बनेको भन्दै अब बालेनको ‘महेन्द्रपथ’ को सपनाको भारी देशले बोक्न नसक्ने बताएका छन् । शेर्पाले आफ्नो स्टाटसमा लेखेका छन्, `केपी शर्मा ओलीज्यूले ‘सि जिङपिङ’ बन्ने सपना देख्दा देशले मूल्य तिर्दा–तिर्दा थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसकेका छन् । अब बालेन्द्र शाहज्यू, ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस्, किनकि यो देश अब ‘महेन्द्रपथ’को तपाईँको सपनाको भारी बोक्न सक्दैन ।झ

उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई एउटै सिक्काका दुई पाटाका रूपमा चित्रण गर्दै सत्तामा पुगेपछि विगतका ती घटना र जनभावनालाई नबिर्सन आग्रह गरेका छन् । ओलीको अधिनायकवादी शैलीको मूल्य मुलुकले चुकाउनुपरेको भन्दै उनले बालेनको ‘कथित नायकी’ सपनाले देशलाई फेरि अभिशप्त नबनाउन चेतावनी दिएका छन् ।

देशलाई ‘महेन्द्र’ होइन ‘बीपी पथ’ चाहिएको छ
शेर्पाले नेपालको वर्तमान राजनीतिक निकासका लागि वैचारिक स्पष्टता आवश्यक रहेको भन्दै देशले यतिबेला ‘महेन्द्रपथ’ (अनुदारवादी शैली)भन्दा पनि बीपी कोइरालाले देखाएको लोकतान्त्रिक समाजवाद र मेलमिलापको बाटो ९बीपी पथ खोजिरहेको दाबी गरेका छन् ।

हिजो मात्र प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र शाहको मन्त्रिपरिषद्ले पहिलो बैठकबाटै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा आज बिहानै प्रहरीले ओली र लेखकलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको