काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सिनेट बैठक बोलाएका छन् । उनले एक सूचना जारी गरी ६ चैतमा त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बस्नेगरी सिनेट बैठक बोलाएका हुन् ।

बैठकमा नेविसंघको संशोधित एवं परिमार्जित विधान, नेविसंघको १२ औँ केन्द्रीय महाधिवेशनको कार्य तालिका र विविध विषयमा छलफल हुने सूचनामा उल्लेख गरिएकाे छ ।

नेविसंघको विधानअनुसार सिनेटलाई नेविसंघको सर्वोच्च निकाय मानिन्छ । जसको अध्यक्ष नेविसंघको केन्द्रीय अध्यक्ष नै रहने प्रावधान छ । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सिनेटका पदेन सदस्य रहन्छन् । निर्वाचनमा पार्टीकाे हारपछिकाे निराशा चिर्न र युवाहरूलाई संगठनमा जाेड्न संंघ महाधिवेशनमा हाेमिन लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको