काठमाडौं : नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनकाे ओैचित्य सकिएकाे बताएका छन् । निर्वाचनमा कांग्रेसकाे लज्जाजन पराजयसँगै कांग्रेस नेता बस्नेतकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।
`विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लङ्ग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ,´ उनले लेखेका छन् । निर्वाचनमा यसपटक कांग्रेस सभापती गगन थापा, महामन्त्री प्रदीप पाैडेल, गुरूराज घिमिरेसिहतका कांग्रेसका अधिकांस उम्मेद्वार पराजित भएका छन् । ०४८ यता याे कांग्रेसले बेहाेरेकाे लज्जाजनक पराजय हाे । ०६४ मा माओवादीकाे ह्विम आउँदा पनि कांग्रेस अहिलेकाे भन्दा बलियाे अवस्थामा थियाे ।



