काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले काठमाडौकाे भावी मेयरमा दाबी गरेका छन् । काठमाडौंका मेयर बालेन शाह रास्वपा प्रवेश गरेपछि उनी दलीय राजनीतिमा गएका छन् । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारीपछि उनले मेयर छाड्दैछन् ।



