काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालले कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएकाे छ । साेमबार परिषद्का केन्द्रीय अध्यक्ष राेहित कपालीकाे नेतृत्वमा गएकाे टिमले मागपत्र बुझाएकाे हाे । मागपत्रमा ३५ मुनिका ३० प्रतिशत युवालाई स्थानीयदेखि केन्द्रसम्म कार्यसमितिमा आरक्षण गर्न र पार्टीका हरेक स्थानमा प्राथमिकता दिन माग गरिएकाे छ

यस्ताे छ मागपत्र-
१. भाद्र २३ गतेको जेन्जी उमेर समूहद्वारा गरिएको आन्दोलनको भावनालाई सम्मान गर्दै उक्त आन्दोलनको जनादेशलाई राष्ट्रिय राजनीतिमा सुनिश्चित तथा संस्थागत गर्न ३५ बर्ष मुनिका युवाहरुको लागी नेपाली कांग्रेसको स्थानीय तह देखि केन्द्रसम्मका हरेक कार्यसमितिमा ३०% आरक्षण सुनिश्चित गर्नुपर्ने।
२. यही मिति २०८२ पौष २६,२७ र २८ गते गरिने नेपाली कांग्रेसको १५ औ महाधिबेशनका साथै क्रियाशिल सदस्यता वितरणमा जेन्जी उमेर समुहलाई प्राथमिकता दिनुपर्ने,
३. नेपाली कांग्रेसको स्थानीय तह देखि केन्द्रीय कार्यसमितिमा रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र संघिय प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वार हुनु पुर्व हरेक उमेद्वारले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गर्नुपर्ने।
४. यहि मिति २०८२ फाल्गुन २१ गते हुन गईरहेको निर्वाचनमा हरेक क्षेत्रबाट एक जना जेन्जी उमेर समुहको प्रतिनिधि अनिवार्यरुपमा सिफारिस गर्नु पर्ने।
५. नेपाली कांग्रेसको तत्कालिन बिधान संशोधन मार्फत क्रियाशील सदस्यता लिएको ५ बर्ष पछी मात्र महाधिबेशन प्रतिनिधि हुन पाउने व्यवस्था संशोधन गरि क्रियाशील सदस्यता भएको सदस्यले महाधिबेशन प्रतिनिधि हुन पाउने व्यवस्था गर्नु पर्ने।
६. नेपाली काग्रेँसका सम्पूर्ण केन्द्रीय सदस्यले निर्वाचन क्षेत्रबाट निर्वाचित भई महाधिबेशन प्रतिनिधिका आउनुपर्ने।
७. काठमाण्डौ स्थित प्रदर्शनिमार्ग वरिपरी नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, आर.आर. क्याम्पस, बालमिकी क्याम्पस, पदमोदय माध्यमिक बिद्यालय, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पस र त्रिचन्द्र क्याम्पस रहेकाले उक्त स्थानमा महाधिबेशन जस्ता ठुला कार्यक्रम गर्दा करिब २५,००० भन्दा बढी विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पर्ने भएकाले उक्त स्थानको विकल्प खोज्नुपर्ने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर