साेलुखुम्बु : सगरमाथा आधार शिविर नजिकै लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेको र उनी सकुशल रहेको बताइएकाे छ ।

भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्डिट्युड एयरको नाईन एन एएमएस कल साईनको हेलिकप्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दाखोज्दै हेलिकप्टर जमिनमा जोतिएको हो ।

यस दुर्घटनामा कुनैपनी मानवीय क्षती भएको छैन । क्याप्टेन पुर्णरुपमा सकुशल रहेको लबुचेबाट सृष्टि कुलुङले जानकारी दिनुभयो । उनलाई अर्को हेलिकप्टर मार्फत लुक्ला लगिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको