काठमाडौं । नेपाल प्रहरीको ३३ औं आईजीपी दानबहादुर कार्की हुने भएको छ । कात्र्तिक २६ गते महानिरीक्षक चन्द्र कुबेर खापुङको कार्यकाल सकिने भएपछि सरकारले रोलक्रम अनुसार एक नम्बरमा रहेका एआईजी कार्कीलाई प्रहरीको ३३ औं आईजीपी बनाउन लागेका हुन् ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनको नयाँ नेतृत्व एआईजी दानबहादुर कार्कीले गर्ने भएका हुन् । हाल काठमाडौँ उपत्यका प्रहरी कमाण्डको जिम्मेवारी सम्हाल्दै आएका एआईजी कार्कीलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्न लागेका हुन् । महानिरीक्षक चन्द्रकुबेर खापुङ कात्र्तिक १५ गतेबाट बिदा बस्ने भएपछि नयाँ आईजीपीको नियुक्तीको तयारी भएको बुझिएको छ ।
गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको निर्णय पश्चात नयाँ प्रहरी महानिरीक्षकको नियुक्ति हुने स्रोतले बताए । एआईजी दान बहादुर कार्की इमानदारी, व्यावसायिकता र दूरदर्शी नेतृत्व गर्न सक्ने काबिल प्रहरी अधिकारी हुन् । जेनजी आन्दोलनपछि घटेको प्रहरीको मनोबल र जनताको मन जित्नुपर्ने चुनौती एआईजी कार्कीमा छ । जनता र प्रहरीबीचको विश्वास बलियो बनाउन उनको भूमिका महत्वपुर्ण रहने विश्वास गरिएको छ ।

