काठमाडौं : वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार आयोजना गरिएको आयुर्वेदिक स्वास्थ्य शिविरमा विभिन्न रोग सुगर, प्रेसर लगायतका रोगको जाँच गर्नुका साथै निःशुल्क स्वास्थ्य औषधि समेत वितरण गरिएको थियो ।
बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराएका विभिन्न थरी औषधीहरू निःशुल्क वितरण गर्नुका साथै बिरामीहरूलाई आवश्यक परामर्श दिइएको थियो ।
जाँचका क्रममा अधिकांशलाई उच्च रक्तचाप र सुगरको समस्या देखिएको खाडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले बताउनुभयाे । त्यस्तै ग्यास्ट्रिक, हाड जोर्नी द, सरिर झमझमाउने, छालाका विभिन्न रोगका बिरामी पनि शिविरमा आएका उहाँले बताउनुभयाे ।

शिविरमा ६० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो ।नागरिकलाई गाउँमा नै गएर स्वास्थ्य सेवा दिन यस्ता शिविरहरु ठाउँ ठाउँमा नियमित रूपमा सञ्चालन गर्नुपर्ने जानकारी उहाँले दिनुभयाे।
खाँडादेवी विकास काेषका अध्यक्ष शेरबहादुर तामाङले चिकित्सालयसँग सहकार्य गरी दर्शनार्थीहरुकाे भिड हुने समयमा पुन:आयुर्वेदिक स्वास्थ्य आयाेजना गरिने बताउनुभयाे ।



