काठमाडौं : जेन-जी आन्दोलनमा स्वयमसेवकका रूपमा सहभागि भएका तर पछि नेतृत्व हत्याएकाे आराेप खेपेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गरूङले आफूलाई पछ्याएर आक्रमण गर्न खाेजिएकाे दाबी गरेका छन् ।
हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा एक अपरिचित समूहले गाडी र बाइकबाट पिछा गर्दै आक्रमण प्रयास भएकाे उनकाे दाबी छ । उसाे त यसअघि रिपोर्टर्स क्ललवमा पनि गुरूङमाथि आक्रमण हुँँदा पत्रकारले जाेगाएका थिए ।
हामी नेपाल संस्थाका गुरूङमाथि अहिले वैदेशिक स्वार्थमा नेपालमा आन्दोलन गराएकाे भन्दै केहीले आलाेचना गरिरहेका छन् ।



