काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनमा चुनावी सरगर्मी शुरू भएकाे छ । नेपाल इञ्जिनियर्स एसाेसियनका पूर्वमहासचिव रविभूषण झाकाे नेतृत्वमा आज प्यानल नै घाेषणा भएकाे छ । सिडेन अध्यक्षका उमेदवार झाले आफ्नाे टिम सार्वजनिक गरेका हुन् ।

झा अध्यक्ष रहेकाे प्यानलमा उपाध्यक्ष मदन पुरीर महासचिव सुदर्शन शर्मा, उपमहासचिव खगेन्द्र अवस्थी र काेषाध्यक्षमा सुजित काेइराला रहेका छन् । आगामी भदौ १४ गते हुने नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनको आठौं केन्द्रीय कार्यकारिणी समितिकाे निर्वाचन हुँदैछ ।`म र मेरो समुहलाई तपाईंहरूको अमूल्य मत र समर्थन प्रदान गरी विजयी गराउन हार्दिक अनुरोध गर्दछु,´ अध्यक्षका उमेदवार झाले भने ।

यस्ताे छ टिम

अध्यक्षः ई. रबि भुषण झा
उपाध्यक्षः ई. मदन पुरी
महासचिवः ई. सुदर्शन शर्मा
उप-महासचिवः ई. खगेन्द्र अवस्थी
कोषाध्यक्षः ई. सुजित कोइराला

केन्द्रीय सदस्यहरू
१ ई. महेश घिमिरे
२ ई. अंकित शर्मा
३ ई. ज्ञानेद्र कुमार त्रिपाठी
४ ई. आयुष्मान अधिकारी
५ ई. नानुमाया काफ्ले
६ ई. मानस वस्ती
७ ई. इन्द्रजीत कुमार साह
८ ई. राजन वावु पन्त
९ ई. सोना सुकुभटु
१० ई. समीप के.सी.
११ ई. सचिन न्यौपाने
१२ ई. दीपक कुमार साह
१३ ई. लक्ष्मी पाण्डे

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर