काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारस्थित नेपाल टेलिभिजनको क्यान्टिनलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले सोमबार नेपाल टेलिभिजनको क्यान्टिन अनुगमन गर्दा स्वास्थमा गम्भीर खेलवाड गर्ने गरेको भेटिएपछी ‘कञ्चन चमेना गृह’ लाई तत्कालै ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हाे । विभागका वरिष्ठ अनुगमन अधिकृत अमितकुमार झाले भने,`क्यान्टिनमा सरसफाइ नभएको, अव्यवस्थित तरिकाले चलाइएको भनेर उजुरी नै परेको थियो ।‘हामी अनुगमनमा जाँदा क्यान्टिन एकदमै भद्रगोल थियो । पहिलो पटक हामीले त्यहाँ सचेत गराएर न्यूनतम मात्रै जरिबाना तिराएका हौं ।’
उनका अनुसार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोली पनि गएको थियो ।

क्यान्टिन दर्ता अनुमतिपत्र तथा मूल्यसूची लगायतका कुनै पनि कागजपत्र नराखी सञ्चालन भएको पनि उनले बताए । टेलिभिजनका कर्मचारीहरूले विराेध गरेपनि केही स्वार्थका कारण क्यान्टिन हटाउन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर