अमेरिकी राष्ट्रपतिमा निर्वार्चित भएपछिको पछिल्लो ६ महिनामा अमेरिकी स्टेट डिपार्टमेन्टले अमेरिकी कानुन उल्लंघन र भिसाको अवधि नाघेर बसेको आरोपमा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा खारेज गरेको छ । स्टेट डिपार्टमेन्टका अनुसार, भिसा खारेज गरिएकामध्ये “धेरैजसो“ विद्यार्थीहरू आक्रमण, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, डकैती, र “आतंकवादको समर्थन“ गरिएको आरोप वा गतिविधिमा संलग्न रहेको जनाइएको छ ।

यो कदम ट्रम्प प्रशासनको आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा भइरहेको कडाइ अभियानको निरन्तरताको क्रममा भएको उल्लेख छ । स्टेट डिपार्टमेन्टका अनुसार, खारेज गरिएका ६ हजार विद्यार्थी भिसामध्ये करिब ४ हजार भिसा अमेरिकी कानून उल्लंघन गर्नेहरूमाथि कारबाही स्वरूप खारेज गरिएको उल्लेख छ । साथै, २०० देखि ३०० भिसा अमेरिकाको आप्रवासन ऐन अन्तर्गत, “आतंकवादी गतिविधि“ मा संलग्न रहेको भन्दै खारेज गरिएको छ । यस धारणाले मानवीय जीवनमा खतरा पु¥याउने वा अमेरिकी कानून उल्लंघन गर्ने कार्यलाई आतंकवादको रूपमा परिभाषित गरिएको छ ।

यस वर्षको सुरुमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा अपाइन्टमेन्टहरू रोकिएको घोषणा गरेको थियो । जुन महिनामा प्रक्रिया पुनः सुरु गर्दा, सबै नयाँ भिसा आवेदकहरूलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने नियम लागू गरिएको छ । त्यसैको आधारमा भिषा दिने विभिन्न सार्वजनिक सुचनाका आधारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर