काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको पहिलो क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको पहिलो क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

लायन वर्ष २०२५(२६)को पहिलो बैठक डिस्ट्रिक गभर्नर केशर बहादुर भण्डारीको अध्यक्षतामा विभिन्न परियोजना सहित शनिबार सम्पन्न भएको हो । डिस्ट्रिक गभर्नर भण्डारीको अध्यक्षतामा भएको बैठकबाट रामेछापमा रहेको तामाकोशी अस्पताल र धुम्बाराहीमा रहेको लायन्स वृद्धाश्रमको स्तरोन्नती, जेपी प्रतिष्ठान भवनको निर्माणमा सहयोग र कागेश्वरी अस्पतालमा मधुमेह उपचार सेन्टरको स्थापना गर्ने बैठकबाट पारित गरेको छ ।

डिस्ट्रिक गभर्नर केशर बहादुर भण्डारीको वर्किङ टुगेदर नारालाई साकार गर्ने गरी बैठकमा छलफल भएको थियो । डिस्ट्रिक गभर्नर भण्डारीले सबै डिस्ट्रिक ३२५ एफको लायन्सहरुको सेवा भावको योगदानलाई थप सशक्त बनाउँदै लैजाने र सबैलाई समेटेर एक भएर जाने प्रतिवद्धता व्यक्त गरे । बैठकमा सेवाको भावबाट प्रेरित लायन्स क्लब र सदस्यहरुलाई सम्मान गरिएको थियो । बैठकमा ६०० भन्दा बढीको सहभागिता रहेको मार्केटिङ कोअर्डिनेटर अर्जुन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर