काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सबै सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।
सामुदायिक वन दिवसको अवसरमा सोमबार आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहीले कार्बन वित्त तथा जलवायु परियोजनाअन्तर्गत सरकारले सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउने योजना बनाएको बताएका हुन् ।

डिजिटल अभिलेख र पारदर्शिता कायम गर्न सबै सामुदायिक वनको डेटा र वित्तीय विवरण अनलाइन प्रणालीमा एकीकृत गर्ने योजना रहेको मन्त्री शाहीले बताए ।

`उत्पादन र बजार विकास : काठ, गैरकाष्ठ, औषधिजन्य वनस्पति, बेत बाँसको उत्पादन वृद्धि गरी प्रशोधन तथा निर्यातका लागि आधुनिक प्रविधि र बजार सञ्जाल विस्तार गर्ने योजना छ”, मन्त्री शाहले भने, “जलवायुजन्य विपद् व्यवस्थापन क्षमतामा वृद्धि गर्न वन डढेलो, भूस्खलन, बाढीलगायतका जोखिम न्यूनीकरणमा वन समूहलाई परिचालन गर्न उपयुक्त तालिम र उपकरण सहयोग गर्ने योजना छ ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर