काठमाडौं : सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश खका प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ समिर प्रदेश सरकारमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा सोमबार तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। तामाङ मेलम्ची नगरपालिका वडा नं ४ का वासिन्दा हुन् ।

शपथपछि मन्त्री तामाङले जनताको अपेक्षा अनुसार खानेपानी, उर्जा र सिंचाई क्षेत्रलाई दीर्घकालीन नीति र व्यावहारिक योजनामार्फत मजबुत बनाउनेतर्फ लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको