काठमाडौं : मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले पुरानो ढर्राको पार्टी भनेर चर्चा गर्छन्। तर, यही कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता जस्तो अत्याधुनिक विषयलाई केन्द्रमा राखेर केन्द्रीय कार्यालयमै विशेष छलफलको आयोजना गरेर प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ।

‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा एआईको सदुपयोग, सम्भाव्यता, नीति निर्माण र उत्तरदायी नेतृत्वबारे गहन विमर्श गरिएको छ। कार्यक्रमको उद्घाटन नै एआईको प्रयोगमार्फत् गरियो । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोवाइलमा एआई फङ्सन क्लिक गरेर बत्तीबाली कार्यक्रमको औपचारिक शुभारम्भ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।”

उनले थपे, “नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ। अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको छ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर